कनेक्ट आईपीएसमा थप तीनवटा बैंक आवद्व
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्दित नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि बैंक अफ काठमाण्डू लिमिटेड, कुमारी बैंक लिमिटेड र देवः विकास बैंक लिमिटेडलाई उक्त प्रणालीमा आवद्व भएका छन् ।
यी बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन मार्फत प्रति बैक प्रति कारोबार १ लाख सम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाईल एप्स मार्फत प्रति बैक प्रति कारोबार ५ हजार सम्मको भुक्तानी गर्न सक्नेछन् ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले धधध।अयललभअतष्उक।अयm मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु उपयोग गर्न सक्ने व्यवस्था रहेका छन् ।
हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी जस्ता काराृेबार गर्न सकिने व्यवस्था रहेको छ। यस माध्यमबाट भुक्तानी कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ बैकका ग्राहकहरुले बेहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’