शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रबल गुरुङले पाटन दरबार स्क्वायरमा भने, ‘म एक समलिङ्गी हुँ र यसमा मलाई गर्व छ’

मङ्गलबार, २० कात्तिक २०७५, १२ : ३९
मङ्गलबार, २० कात्तिक २०७५

विश्वचर्चित अमेरिकी नेपाली फेसन डिजाइनर प्रबल गुरुङले आफ्नो लैंगिक अभिविन्यासबारे घोषणा गरेका छन् ।

पाटन दरबार स्क्वायरमा फोटो काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा प्रबलले आफू समलिङ्गी भएको घोषणा गरेका हुन् ।

उनले यस्तो घोषणा गर्नेबित्तिकै त्यहाँ उपस्थित दर्शकले ताली बजाएर उनको समर्थन गरेका थिए ।

आफ्नो पहिचानबारे कहिले पनि लज्जित हुन नपरेको र यसबारे कहिले पनि नलुकाएको उनले बताए । यसमा उनको आमा र दिदी बहिनीको पनि समर्थन रहेको उनले बताए ।

‘जब मैले ज्वाईंलाई आफ्नो पहिचानबारे बताएँ तब उनले ‘यो के ठूलो कुरा भयो र ?भन्ने जवाफ दिए ।’

उनका एक प्रशंसकले उनको प्रेम जीवनबारे प्रश्न गर्दा उनले भने, ‘म सम्बन्धमा छु जसमा म निकै खुसी छु ।’

यद्यपी, उनले आफ्नो पार्टनरको नाम भने सार्वजनिक गरेनन् । उनले भने, ‘मेरा केही नीजि कुरा गोप्य राख्न चाहन्छु ।’

प्रबल गुरुङले अमेरिकी पूर्व प्रथम महिला मिशेल ओबामा, डचेज अफ क्याम्ब्रिज केट मिडल्टन, चर्चित टिभी व्यक्तित्व ओप्रा विन्फ्री र बलिउडका प्रियंका चोपडा, दिपिका पादुकोणलगागत विभिन्न सेलिब्रिटीका लागि ड्रेस डिजाइन गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप