सिटी एक्सप्रेस साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न
मङ्गलबार, २० कात्तिक २०७५, १४ : ५६
काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं साधारण सभा सम्पन्न गरेको छ ।
सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ ।
सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८% लाभांंस दिने र संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।