राजले ल्याए माटोको गजल
काठमाडौं – गजलकार राज विर्सजनले स्रोतामाँझ पहिलो गजलसंग्रह ‘माटो’ ल्याएका छन् । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा पुष्पराज पौडेल, रुपक बनबासी, अमला अधिकारी र विवेक पिषालुले गजल सँयुक्त बिमोचन गरे ।
समारोहमा अमलाले राजका सँग्रहका गजलहरुमा मध्य पश्चिमको माटोको स्वाद रहेको बताईन् । माटोसँग जीवनको सम्बन्ध दर्शाउँदै सँग्रहको नाम सान्दर्भिक भएको अमलाले प्रकाश पारिन् ।
रुपक बनबासीले राजको पहिलो प्रयास सफल रहेको बताउँदै सँग्रहको गजलमा देश प्रेम, तल्कालिन समाजको विकृत, विसंगति, माया प्रेम, संयोग वियोग समिश्रण छ ।
कार्यक्रममा सँग्रहका लेखक राज विर्सजनले सँग्रह भित्रबाट आधा दर्जन गजल सुनाएका थिए । मध्यश्चिमबाट सुनौलो सपना बोकेर राजधानी छिरेका राजका गजलहरु मर्मस्पर्सी रहेका छन ।
गजल संग्रहलाई शिखा बुक्स पब्लिकेशनले प्रकाशनले बजारमा ल्याएको हो । ७२ ओटा गजल सँग्रहित यो सँग्रहको मूल्य एक सय ७५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने