शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहचालकले छात्राहरुलाई दुब्यवहार गरेपछि मेयरलाई उजुरी

आइतबार, ०८ साउन २०७४, १८ : ३३
आइतबार, ०८ साउन २०७४

जिल्ला प्रशासनले जिल्ला प्रहरीलाई पत्र काट्यो

कास्की– विद्यार्थी परिचयपत्रमार्फत सार्वजनिक यातायातमा छुटको माग गर्दा छात्राहरुलाई दुव्र्यवहार गर्ने यातायातका सहचालकलाई आवश्यक कारबाही गर्न कास्की प्रशासनले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र काटेको छ ।

आइतबार पीडित छात्राहरुले पोखरा लेखनाथ महानगरपालिकाका मेयरलाई सम्बोधन गरी उजुरी दिएका थिए । मेयरलाई दिएको उजुरीको बोधार्थ पीडित छात्राहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात ब्यवसायी संगठन तथा विद्यार्थी संगठनहरु, उपत्यका नगरविकास समितिका सभापतिलाईसमेत पठाएका थिए । 

शुक्रबार साँझ पोखराबाट लेखनाथ जाने क्रममा पोखरा विश्वविद्यालयमा अध्ययनरत पाँच जना छात्राहरुलाई स्थानीय श्रृंगा यातायातका सहचालकले दुव्र्यवहार गरेपछि छात्राहरुले विभिन्न सम्बन्धित निकायहरुमा लिखित उजुरी गरेका थिए । 

साउन ६ गते साँझ ७ः३० बजे पोखरा विश्वविद्यालयमा अध्ययन गरी पोखराबाट लेखनाथ खुदी जाने क्रममा पाँच जना विद्यार्थी छात्रालाई श्रृंगा यातायातको ना ५ ख ४३३५ नं. को बसका सहचालकले दुब्र्यवहार गरेका थिए । 

विद्यार्थी छुटको माग गर्दा बसबाट झर्न दवाव दिँदै आफुहरुमाथि अभद्र व्यवहार गरी आतंकित बनाएको पीडित विद्यार्थी प्रमिला पौडेलले बताइन् । उनीहरुले विद्यार्थीहरुलाई प्रदान गरिने विद्यार्थी छुटको अनुगमनका लागि एक निकाय बनाई हटलाइन सेवाको समेत माग गरेको उनले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप