बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमिलालाई ‘आई लभ यू’ भन्दै पछि लागे पुष्पल

आइतबार, ०८ साउन २०७४, १८ : ४३
आइतबार, ०८ साउन २०७४

काठमाडौं – रोमान्टीक गीत ‘लभ यू’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा पुष्पल खड्का र प्रमिला राईको अभिनय देख्न सकिन्छ ,भने नेपाली ठिटोज् ग्रुपको पनि साथ रहेको छ । 


गीत आइतवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरियो । भिडियो विकास सुवेदीको निर्देशनमा तयार छ । भिडियोमा एक युवकले युवतीसँग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ ।


गीतमा सुरेश लामाको स्वर छ, शंकर थापा ’स्माईल’को संगीत र डिपि खनालका शब्द छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी भिडियोमा छ । 

कार्यक्रममा गायक सुरेश लामाले आफु निरन्तर नेपाली संगीत क्षेत्रमा लागिरहने प्रतिबद्दता जनाए । उनले दर्शकरश्रोताबाट आफुले माया पाउने बिश्वास व्यक्त गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप