बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ईएनटी हस्पिटलले गर्यो रक्तदान कार्यक्रम, ३२ प्रिन्ट रगत संकलन

मङ्गलबार, २० कात्तिक २०७५, १७ : २३
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौं । नेपालीहरुको महान् चाड विजया दशमी र शुभ दिपावलीको अवसरमा काठमाण्डौ ई.एन.टी. हस्पिटलले आफ्नै अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो रक्तदान कार्यक्रमको लागी राष्ट्रिय ट्रमा सेन्टरको प्याथोलोजी विभागबाट प्राविधिक सहयोग प्राप्त पाएको थियो भने सामुदायीक प्रहरी सेवा केन्द्र बागबजारले स्थानिय रुपमा सयोग गरेको अस्पतालले जनाएको छ ।

रक्तदान कार्यक्रममा स्थानिय बासिन्दा तथा हस्पिटलको कर्मचारीहरुले भाग लिएकोमा करिब ३२ पिन्ट रगत संकलन भएको छ । रक्तदाताहरुलाई हस्पिटलका अध्यक्ष डा. माधव प्रसाद दाहाल र सामुदायीक प्रहरी सेवा केन्द्र बागबजारका प्रमुख अन्जु श्रेष्ठले कदरपत्र प्रदान गरे ।

कार्यक्रमका संयोजक डा. जयन्द्र प्रधानाङगाका अनुसार सो कार्यक्रममा संकलित रगत सबै भन्दा आवश्यक पर्ने राष्ट्रिय ट्रमा सेन्टरलाई प्रदान गरिएको छ । त्यहाँबाट आवश्यक परेका व्यक्तीहरुले सजिलै रगत प्राप्त गर्न सक्नेछन् ।

काठमाण्डौ ई.एन.टी. हस्पिटल १५ सैया भएको कान, नाक र घाँटीको विशेषज्ञ हस्पिटल हो र यसले आफ्नो स्थापना काल देखी नै विभिन्न संघ संस्थाहरुसँग मिलेर निशुल्कः स्वास्थ्य शिविरहरु र अन्य सामाजिक कार्यहरु संचालन गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप