बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा एक नेपाली युवकको मृत्यु

मङ्गलबार, २० कात्तिक २०७५, १९ : ३९
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौँ– दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । 

पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए । तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए ।

मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप