शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंकले संचालन गर्यो एनएमबि एकेडेमी

आइतबार, ०८ साउन २०७४, १९ : ०५
आइतबार, ०८ साउन २०७४

काठमाडौं – एनएमबि बैंकले आ.व. २०७४/ ७५ को शुरुवात्सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । 

एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकारका चुनौतीहरुको सामना गर्न सकिने जनाएको छ ।

एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पु¥याउने रहेको जनाएको छ । 


‘यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो । एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ । एनएमबि एकेडेमीको उद्घाटनका अवसरमा एनएमबि बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले मन्तव्य राख्दै भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप