शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीदेवी बुर्का लगाएर कमल हसनको फिल्म हेर्न जान्थिन्, मान्थिन् आफ्ना दाइ

बुधबार, २१ कात्तिक २०७५, ०९ : ३३
बुधबार, २१ कात्तिक २०७५

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार कमल हसन नोभेम्बर ७ मा आफ्नो ६४ औं जन्मदिन मनाइरहेका छन् । उनको जन्म सन् १९५४ मा नोभेम्बर सातमा चेन्नईमा भएको थियो । कमलले सन् १९५९ मा ६ वर्षको उमेरमा बालकलाकारको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए ।

कमल हसन र श्रीदेवीको अनस्क्रिन कमेस्ट्री निकै रुचाइन्थ्यो । तर कमल हसन श्रीदेवीलाई आफ्नी बहिनी मान्थे । श्रीदेवीको निधनपछि एक कार्यक्रममा कमल हसनले श्रीदेवी १५–१६ वर्षको हुँदा नै आफूले उनलाई भेटेको बताएका थिए ।

उक्त कार्यक्रममा उनले भने, ‘हामी दुईलाई जोडीको रुपमा कास्ट गरिएको थियो । तर वास्तवमा हामी दाजु बहिनीको रुपमा हुर्किएका थियौं । हामीलाई रोमान्टिक फिल्मका लागि कास्ट गरियो जसमा हामी दुबैलाई निकै हाँसो उठ्थ्यो । यस्तो लाग्थ्यो कि हामी एउटै परिवारका हौं ।’

श्रीदेवीले स्टारडस्टलाई दिएको एक अन्तर्वार्तामा एकपटक कमल हसको फिल्म थिएटरमा हेर्नका लागि बुर्का लगाएर गएको खुलासा गरेकी थिइन् । सर्वसाधारणबाट बच्नका लागि उनी निकै कम थिएटरमा जाने गरेको उनले बताएकी थिइन् । आफूले फिल्मको स्पेशन स्क्रिनिङ मात्रै हेर्ने गरेको उनले बताएकी थिइन् ।

कमल हसनको सातवटा फिल्म – सागर, स्वाति मुत्यम, नयागान, थेवर, मगन, कुरुथीपुनाल, इन्डियन र राम ओस्करमा गइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप