बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डर्टमण्डसँग एथ्लेटिकोको बदला, लिभरपुल स्तब्ध

बुधबार, २१ कात्तिक २०७५, १० : २२
बुधबार, २१ कात्तिक २०७५

एजेन्सी । गत महिना बेहोरेको हारको बदला लिँदै एथ्लेटिको म्याड्रिडले बोरुसिया डर्टमण्डलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

जीतसँगै समूह एकमा एथ्लेटिकोले डर्टमण्डसँग अंक बराबरी गरेको छ । तर, गोलअन्तरको आधारमा पछि रहेको छ ।

खेलको ३३ औँ मिनेटमा साउलले एथ्लेटिकोलाई अग्रता दिलाए भने दोस्रो हाफको अन्त्यतिर एन्टोनियो ग्रिजमानले दोस्रो गोल गरे ।

अब दुवै टोलीलाई नकआउट चरणमा पुग्न मात्र एक अंक आवश्यक रहेको छ ।

समूह अर्को खेलमा मोनाको क्लब बग्रसँग ४–० गोल अन्तरले पराजित भयो ।

उता, लिभरपुलले रेड स्टार बेलग्रेडसँग २–० गोलअन्तरले स्तब्ध बनेको छ ।

मिलान पाभकोभले पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक बन्यो ।

जीत हासिल गरेको भए लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने थियो ।

तर, बराबरीसँगै लिभरपुल समूहको दोस्रो स्थानमा खस्केको छ ।

उता, पीएसजीसँग बराबरी खेल्दै नापोली समूह सीको शीर्ष स्थानमा उक्लेको छ ।

जुवान बर्नाटले पीएजसीलाई अग्रता दिलाए पनि लोरेन्जो इन्सिग्नेले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप