शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा यसरी गरियो गाईपूजा, १५ तस्बिरमा हेर्नुहाेस्

बुधबार, २१ कात्तिक २०७५, १० : ४३
बुधबार, २१ कात्तिक २०७५

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन ।  ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । 

आजै कूल परम्पराअनुसार  गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ । त्यसैले कतिले आजै गाई पुजा गरेका छन् भने कतिले भने बिहिबारमात्रै गाइपूजा गर्नेछन् । 

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

यसैबीच पशुपति क्षेत्र विकास कोषले बुधबार बिहान गाइपूजा गरेको छ । सडकमा खुलेआम छाडिएका गाई तथा गोरूको नियन्त्रणका लागि राखिने पशुपतिमा गाईपूजा गरिएको हो । 
तस्बिरहरु हेरौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप