बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फूलैफूलको संसार

बुधबार, २१ कात्तिक २०७५, ११ : ००
बुधबार, २१ कात्तिक २०७५

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भैसकेको छ । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेर यो पर्व धुमधामका साथ मनाइदैछ ।

तिहारको पहिलो दिन कागको पुजा र दोस्रो दिन कुकुरको पूजा गरेपछि तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरेर मनाइँदैछ ।

आजकै दिन लक्ष्मीको प्रतिकका रुपमा लिइने गाईको समेत पूजा गरिन्छ ।  

उज्यालो र फूलैफूलको चाड भनेर चिनिने यो पर्वमा फूलको विशेष महत्व हुने गर्दछ । त्यही भएर यो पर्वमा फुलको कारोबार समेत धेरै हुने गरेको छ ।

यतिवेला गाउँशहर सबैतिर सयपत्री, मखमली लगायत विभिन्न जताका फुल तथा माला किन्ने र बेच्नेहरुको भीड देख्न सकिन्छ ।

तिहार सुरु भएलगत्तै काठमाडौ उपत्यका र बाहिरबाट समेत फुल तथा मालाको व्यापार गर्न व्यापारी तथा मानिसहरु राजधानी आउने गरेका छन् । अहिले काठमाडौका बजार, पसल, चोक तथा गल्लीगल्लीमासमेत फुलको कारोबार भइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप