बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार दाहालको शान्ता उपन्यास लोकार्पण

बुधबार, २१ कात्तिक २०७५, १८ : १६
बुधबार, २१ कात्तिक २०७५

काठमाडौं– वरिष्ठ पत्रकार एवं साहित्यकार पुुरुषोत्तम दाहालद्धारा लिखित शान्ता उपन्यासको अंग्रेजी संस्करणको लोकार्पण गरिएको छ।

शुभ दीपावली तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्तीका अवसरमा सो उपन्यासको लोकार्पण गरिएको हो ।  विराट समाजद्धारा राजधानीमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ सँस्कृतिविद् सत्यमोहन जोशीले शान्ता उपन्यासको अंग्रेजी संस्करणको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा जोशीले मृत्यसँग नडराईकन अर्काको जीवन बचाउनका लागि शान्ता दाहालले कलेजो दान गरेको घटनामा आधारित उपन्यास शान्तालाई पाठ्यक्रम विकास केन्द्रले तत्कालै पाठ्क्रयममा समावेश गर्न सुुझाव दिए। बिदेशी साहित्यका कथालाई पाठ्क्रममा समाबेश गर्नुभन्दा स्वदेशकै यस्ता अनुकरणीय व्यक्तिका जीवन नयाँ पुुस्तालाई पढाएर आदर्श सिकाउनुपर्ने उनको भनाई थियो।

जोशीले शान्तलाई योगमायासंग समेत तुलना गरे । उनले भने, ‘यस्तो बिषयबस्तुलाई अन्तर्राष्ट्रिय पाठकसामु पुु¥याउँनका लागि अंग्रेजी संस्करणले मद्धत पुुग्ने विश्वास छ ।’

कार्यक्रममा उपन्यासका लेखक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले शान्ता उपन्यासको नेपाली संस्करण लोकार्पणका बेला सत्यमोहन जोशीले अंग्रेजी भाषामा प्रकाशित गर्न हौसला दिनुभएकोले नै आजको दिनमा यो सम्भव भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप