बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका मन्त्रीहरुको तिहार: भव्यरुपमा मनाउनेदेखि टीका वहिष्कार गर्नेसम्म

बिहीबार, २२ कात्तिक २०७५, १३ : ०४
बिहीबार, २२ कात्तिक २०७५

वुटवल– ५ नम्बर प्रदेशका मन्त्रीहरुको तिहार भव्यरुपमा मनाउनेदेखि २० सम्म टिका बहिस्कार गर्ने रहेका छन् । भोलिको टिका लगाउनको लागि अधिकांश मन्त्रीहरु तयारी गरेका छन् ।
 ५ नम्बर प्रदेशका मन्त्रीहरु क्याटर छाडेर आ–आफ्नो घरतिर लागेका छन् । टिका नहुने मन्त्री पनि आफन्तसँग भेटधाट र आरामको लागि निस्केका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री क्वाटरमै दिदीहरुको हातबाट टिका ग्रहण गर्ने तयारी छ भने सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफुले टिका नगाउने तर बहिनी दाजुभाईसगँ मन्त्री क्वाटर भैरहवामै तिहार मनाउने छन् । प्रदेशका अन्य मन्त्रीहरु भने गृहजिल्लामै टिका लगाउने पुगेका छन् ।

कुन मन्त्रीले कसरी मनाउछन् तिहार ?

बैजनाथ चौधरी, भौतिक पूर्वधार विकास, मन्त्री :  ३ बर्षदेखी  निधार खाली

मन्त्री चौधरीका दाजुभाई धेरै छन् । ८ जना दाजुभाइकी एक्ली बहिनी छन् । ती पनि विगत ३ बर्षदेखी क्यानडा भएकोले मन्त्री चौधरीले तिहारमा सप्तरंगी टिका र मखमली फुलको माला लगाउन पाएका छैैनन् ।
रुपन्देहीको मन्त्री क्वाटरबाट उनी आज नवलपरासीको बासावसी चोक रहेको घरमा जाँदै छन् । मन्त्री चौधरीले आफ्ना ८ जना दाजुभाईले   तिहारमा टिका लगाउन नपाएको बताए ।

तिहारमा छोरीहरुले दाईका छोराहरुलाई टिका लगाइदिने गर्दछन् । बहिनी नभएपछि टिका लगाउने कुरा भएन । मेरो छोरा पनि अमेरिका भएकोले छोरीहरुले दाइका छोरालाई टिका लागईदिन्छन् ।

छोरीहरुको खुसीको लागि आज घर नवलपरासी जाँदैछु । अन्य दाई भाईहरु पनि जुट्छन् । रमाईलो गरिन्छ । तर दशैका जस्तो सबै जुट्दैनन् ।

दक्षिणा दिने तर आफुले टिका नलगाउने : मन्त्री बराल

५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनयुद्ध देखिनै टिका लगाउन छाडेका हुन् । २०५५ सालदेखि उनले दशै तिहारको टिका लगाउन छाडेका छन् । ‘दुर्गा, भगवती आदिमा मेरो विस्वास छैन् । म भौतिकवादमा विश्वास गर्दछु । त्यसैले झन्डै २० वर्ष भयो मैले टिका नलागएको’, उनले भने

उनले टिका नलगाए पनि मन्त्री क्वाटरमा गुल्मीको चन्द्रकोटबाट बहिनी पम्फा रेग्मी हिजै आइपुगेकी छन् ।

उनका दाई पनि आएका छन् । भाईहरु पनि आउँदैछन् । भोली भाइटिका सबैले मन्त्री क्वाटरमा लगाउँछन् तर सामाजिक मन्त्री बरालले उनीहरुसगै रोटी खाने,आशिवार्द दिने र बहिनीलाई दक्षिण दिने गर्दछन् । टिका लगाउँदैनन् ।

‘सँधैको दशैं तिहारमा मलै यस्तै गर्ने गर्दछु । भोलीको लागी सवैलाई मेरो क्याटरमा बोलाएको छु, शुभकामना आदानप्रदान हुन्छ । यस्तै हो ।’ उनले भने । गुल्मी क्षेत्र १ नम्बरबाट बिजेता  मन्त्री बरालले चाडपर्वले समाजिक सद्भावमा बृद्धि गर्ने बताए । यस्तै रुपमा दशै तिहारलाइ लिएका छन् ।

सभामुख पूर्णबहादुर घर्तीले दुई दिदिसँगै मनाउने

५ नम्बर प्रदेशका सभामुख पूर्णवहादुर घर्तीका दुई दिदीहरु छन् । उनी टिका लगाउनको लागि दाङ जिल्लाको घोराही नगरपालिका बाड नम्बर १७ सर्ररामा पुगेका छन् । उनले घरमै तिहारको तयारी गरेको बताए ।

पुख्र्यौली घर रुकुम रहेका घर्तीले दाङमा पछि बनाएको घरमा दुई दिदीहरुको हातबाट टिका लाउने छन् । उनले भने,  ‘टिकाचाहि नियमति हुँदैन् तर अहिले दिदिहरु जुटेको बेला लगाउने तयारी छौ, दिदिहरुको मन पनि राख्नुपर्छ ।’ रुकुमबाट जनप्रतिनिधि बनेका घर्ती सभामुखको क्वाटर बुटवलमा अहिले तिहार मनाउनको लागि पुगेका हुन् ।

माओवादी जनयुद्धसँग जोडिएकाले घर्तीले भौतिकवाद र चार्डपर्वलाई जोडेर हेनुपर्ने बताउँछन् ।

तिहार खल्लो : मन्त्री गिरी

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको अहिले टिका छैन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको घरमै बसेका छन् । उनको कान्छो बुवा वितेको एकबर्ष पुरा नभएकोले टिका नलागाउने अवस्थामा गिरी परिवार छ ।

उनले भने, ‘टिका नभएपछि दिदिबहिनीहरु पनि आउँदैन्, अलि खल्लो भएको छ । विगतका तिहारजस्तै रमाईलो छैन् । उनी रुपन्देहीबाट निर्वाचित भएको घरमा भएकोले  कार्यकताहरुसँग भेटघाट र आफन्तहरुसँग कुराकानी गरेर तिहार मनाउने मुडमा छन् ।

मन्त्री केसीको घरमा सबै दाजुभाई

५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद  केसीले तिहार गृह जिल्ला रोल्पामा मनाउँदै छन् । जिल्लाको कोटागाउँ दारकोटमा तिहार भव्य रुपमा मनाउने तयारी छन् । मन्त्री केसीले ६ जना दाजुभाईसँग बसेर एउटै घरमा तिहार मनाउने तयारीका गर्नुभएको मन्त्रीका स्वकिय सचिव पवन कुँवरले बताए । 

टिका नभएका कारण भूमि व्यवस्था कृषि सहकारी मन्त्री पौडेल अंकलसँग भेटघाट र आरामको लागि पोखरा गएको स्वकिय सचिव सुर्यबहादुर रोकायले बताए ।

उनले भने,  ‘दशैंमा टिका नभएको बेला भएपनि निर्वाचित क्षेत्र बाँकेमा कार्यकर्ता भेटघाट विकाससम्बधी काम भुल्नुभएको थियो । अहिले तिहारमा आफन्तसँग भेटटाट अनि आराम गर्नको लागि अंकल घर पोखरा जानुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप