राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि
ओखलढुङ्गा– ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ ।
दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् ।
सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् ।
“पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ”, उनले भनिन् “सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।
गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडाध्यक्ष उमेश कार्कीले जानकारी दिनुभयो । ‘सबैतिर तिहारको रौनक हुँदा उनीहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरेको हो”, अध्यक्ष कार्कीले भने । उनका अनुसार वडाले प्रतिपरिवार रु पाँच हजारका दरले सहयोग गरेको छ । नेपाली काङ्ग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्निपीडितलाई चामल, नुन तेललगायत सामग्री सहयोग गरेका छन् ।
केही दिनअघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा शुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चारवटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।
आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैँसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र नौ बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीको पनि घर जलेको छ । आगाले रु एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी