शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८० करोड खर्चेर धाम निर्माण गरिने

शुक्रबार, २३ कात्तिक २०७५, ०८ : ०५
शुक्रबार, २३ कात्तिक २०७५

चितवन– भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । 

भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ । 

यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए । 
निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उनको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको छ । स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप