शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षकलाई तलब खुवाउन देउसीभैलो

शुक्रबार, २३ कात्तिक २०७५, ०८ : ०९
शुक्रबार, २३ कात्तिक २०७५

म्याग्दी– विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले रु चार लाख ५३ हजार जुटाएको छ । 

मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर सो रकम जुटाइएको र सो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक केसीले बताए । 

पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप