मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले गुणस्तरहीन ड्राई फुड्स जफ्त ग-यो

शुक्रबार, २३ कात्तिक २०७५, ०८ : ३४
शुक्रबार, २३ कात्तिक २०७५

काठमाडौं–सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफ्त गरेको छ । 

तिहारमा अति आवश्यक खाद्य बस्तुको बिक्री केन्द्रको  अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले बिहिबार अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफ्त गरेको हो । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहिन भएको पाइएपछि जफ्त गरेको छ । 

म्याद नाघेको, उत्पादक कम्पनीको नाम समेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस सो स्टोरमा भेटिएकाले जफ्त गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । 
त्यस अवसरमा विभागले सो डिपार्टमेन्ट स्टोर परिसरमा संचालित खाद्य बस्तु बिक्री केन्द्रमा प्रयोग गरिएको गुणस्तरहिन तेल पनि नष्ट गरेको छ ।

सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो । खाद्य बस्तु बिक्री वितरण अत्याधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सार्वजनिक विदाको दिन पनि बजार अनुगमनको कामलाई तीव्रता दिने कामलाई निरन्तरता दिइएको पनि खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए । उनले उपभोक्तामाथि खेलबाड गर्ने उत्पादकमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए । 

बुधबार गुणस्तरहिन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दुधजन्य बस्तु बिक्री वितरणमा रोक लगाएको थियो । खाद्य स्वच्छता अभियान अन्तरगत सरकारले चालू आर्थिक वर्षमा अत्याधिक बढि प्रयोगमा आउने खाद्य बस्तुहरु दुध, तेल, पानी, तरकारी बजारको अनुगमनको कामलाई जोड दिने वार्षिक नीति तथा कार्यक्रम नै घोषणा गरिसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप