शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिले लगाइ दिइन् भाइटीका

शुक्रबार, २३ कात्तिक २०७५, १४ : २४
शुक्रबार, २३ कात्तिक २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन् । 

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । 
 भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप