जन्मदिनको पार्टीको बहानामा दुई जना किशोरी माथि सामूहिक बलात्कार
सिरहा – सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्म दिनको पार्टी मनाउन बोलाइएका दुई जना किशोरी बलात्कृत भएका छन् ।
१५ वर्षीया र २० वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएका हु्न् ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्म दिनको पार्टी भन्दै बोलाएर भोटिया टोलमा ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
सिरहाको लक्ष्मीपुर पतारीकी र सिसवनीकी ती किशोरीलाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समूहले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
सामान्य चिनजान रहेका उनीहरुलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुबै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समूहले सामूहिक बलात्कार गरेका थिए ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्नहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिए ।
सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
पीडितको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन