शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिटीसी ग्रान्ड ओरियो एस३० बजारमा

आइतबार, २५ कात्तिक २०७५, १६ : २४
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं । डिटीसी मोबाइल फोनले अर्को नयाँ आकर्षक तथा स्टाइलिस फोन डिटीसी ग्रान्ड ओरियो  एस३० प्रस्तुत गरेको छ ।

डिटीसी अन्तर्गतको डिटीसी एस३० (ओरियो)ले प्राप्त गरेको उल्लेखनीय प्रतिक्रिया र समर्थनसँगै नयाँ आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन प्रस्तुत गरेको छ । डिटीसी ग्रान्ड ओरियो एस३० को मूल्य मात्र आठ हजार दुई सय २९ रहेको छ । 

डिटीसी ग्रान्ड ओरियो  एस३० मोबाइल फोन् नेपालको बजारमा उत्कृस्ट उत्पानको प्रस्तुति भएको कम्पनीको दावी छ । डिटीसी ग्रान्ड ओरियो  एस३० मोबाइल फोन्, विशेषरूपमा सिङ्गापुरमा डिजाइन भएको हो । दुईवटा सिमकार्ड लाग्ने डिटीसी ग्रान्ड ओरियो  एस३० मा विशिष्ट डिजाइनको ५ इन्चको स्क्रीन रहेको छ ।

यो फोनमा प्रयोग भएको ५ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, साथमा अटो फोकस र दुवैतिर भएको एलईडी फ्ल्यासले सबैलाई प्रभावित गर्नेछ । उत्कृष्ट बनावट र ५ पोइन्ट टच सेन्सरको यथोचित स्थानले प्रयोगकर्तालाई सहजता दिनेछ ।

एन्ड्रोइड गो ८.१ ओएस अपरेटिङ सिस्टम, क्वाड–कोर प्रोसेसर र २५०० एमएएच ब्याट्री भएको यो सेग्मेन्टका फोनहरू मध्ये डिटीसी ग्रान्ड ओरियो  एस३० सबैभन्दा सहज फोन हो । १ जीबी ¥याम, ८ जीबी रोम र १२८ जीबीसम्म क्षमता बढाउनका लागि राखिएको कार्ड स्लट जसमा चाहेजतिको जीबी थप्न सकिन्छ ।
 
डिटीसी ग्रान्ड ओरियो  एस३० कालो, रातो, निलो र गोल्डेन कलरमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप