बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो डुम्रे कपमा ४५ टिम प्रतिस्पर्धा गर्दै

सोमबार, ०९ साउन २०७४, ०८ : ४४
सोमबार, ०९ साउन २०७४

-किरण श्रेष्ठ 
तनहुँ - तनहुँको डुम्रेमा तेस्रो डुम्रे कप सेभेन ए साईड नक आउट खुला फुटबल प्रतियोगिता शुरु भएको छ । 

डुम्रे सांस्कृतिक युवा परिवारको आयोजनामा भएको उद्घाटन् कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उद्घाटन गरेका थिए । 

उद्घाट्नको पहिलो खेलमा सामना युवा क्लब तुरतुरेले फ्रेन्ड्स युनियन क्लब लाई ४—१ को गोल अन्तरले हरायो । दास्रो खेलमा सिजन युवा क्लब ए सालबिस्नेले अर्चले युवा क्लब भानुलाई ट्राईब्रेकरमा ३—१ ले हराएको फुटबल प्रतियोगिताका संयोजक दिक्पाल श्रेष्ठले जानकारी दिए ।
 
प्रतियोगितामा फ्रेण्डसिप युथ क्लव बि र शिद्धगुफा युथ क्लव बीच भएको पहिलो खेलमा १(० गोल अन्तरले शिद्धगुफा युथ क्लव बिजयी भएको छ । काहु मिलन युथ क्लव र चाम्बास युथ क्लव बीच दोस्रो खेलमा ४(० गोल अन्तरले काहु मिलन युथ क्लव बिजयी भएको छ । 

त्यसैगरि छपेली युथ क्लव र नयाँबस्ती युथ क्लव ए बीच भएको तेस्रो खेलमा ६(१ गोल अन्तरले छपेली युथ क्लव बिजयी भएको छ र अन्तिम ए एस स्पोर्ट्स हाउस र भन्सार युथ क्लव बीच भएको खेलमा ट्राइब्रेकरमा ए एस स्पोर्ट्स हाउस ४(३ गोल अन्तरले बिजयी भएको संयोजक श्रेष्ठ बताए ।

प्रतियोगितामा ४५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिम लाई एक लाख एक हजार र द्धितिय हुनेलाई ५१ हजार रुपैयाँका साथै कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको डुम्रे सास्कृति परिवारका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलकिपर र प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पुरस्कारको व्यवस्था छ ।

युवा परिवारका दिवांगत सदस्यहरुको स्मृतिमा सो फुटबल प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप