बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा एयर बस ए२२० को प्रथम ल्याण्डिङ्

सोमबार, २६ कात्तिक २०७५, १८ : २५
सोमबार, २६ कात्तिक २०७५

काठमाडौं । एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायीक एयरक्राफ्ट द ए२२० विश्व भ्रमणको दौरानको क्रममा नेपालमा पनि पहिलो पटक ल्यान्ड गरिएको छ । 

१४५ जना यात्रुहरुलाई बोक्ने क्षमता रहेको एयरक्राफ्ट् द ए२२० चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ ।

१०० देखि १५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान द ए२२० ले राम्रो आराम प्रदान गर्ने कम्पनीले जनाएको छ । एयरक्राफ्ट द ए२२० आराम अनि लाभदायक रहेको बताइएको छ । 

यसबाहेक उचाईमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि द ए२२० उपयुक्त मानिएको छ । 

कम्पनीका अनुसार द ए२२० विमानमा स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स र प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको PW1500 भएको इन्जिन रहेको छ । 

यो विमानले साधाराण विमानभन्दा २० प्रतिशत इन्धनको बचत गराउनुका साथै पहिलाको विमानभन्दा धेरै आरामदायक पनि रहेको कम्पनीले जनाएको छ । 

विमानको अहिलेबाटै ४०० भन्दा धेरै अर्डर भईसकेको कम्पनीले जानकारी दिएको छ । ए२२० विमानले बजारमा १००–१५० सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा चाँडै राम्रो बजार गर्ने कम्पनीको लक्ष्य रहेको छ ।  

सानो एकल–आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कात्तिक २५ र २६ गते प्रदर्शन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप