शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासीले गरे अपाङ्गलाई तीन लाख सहयोग

सोमबार, ०९ साउन २०७४, ०९ : १८
सोमबार, ०९ साउन २०७४

म्याग्दी  - बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई आइतबार रु तीन लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । 

विसं २०६१ फागुनमा बाँसको रूखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहेका घिमिरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिको पहलमा संकलित रु तीन लाख आठ हजार ९२५ हस्तान्तरण गरिएको हो । 

घिमिरेको निवासमा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुँवरले राजनीतिक दलका प्रतिनिधि र आफन्तको रोहवरमा विदेशबाट प्राप्त रु दुई लाख ९० हजार ७२४ को भौचर र स्थानीय स्तरमा संकलित रु १८ हजार २०१ नगद हस्तान्तरण गरे । 

देवेन्द्र घिमिरेको अगुवाइमा सञ्चालित कृष्ण घिमिरे सहयोग संकलन अभियानमा दुबईमा प्रदीप सुवेदी, जापानमा राजकुमार कार्की, दक्षिण कोरियामा काशीराम घिमिरे र भूमिराज कार्की, साउदी अरबमा सुनिल सापकोटा, अस्टे«लिया, इजरायल र अमेरिकामा दानेन्द्र थापा तथा बहराइनमा भरत रत्नले समन्वय गर्नुभएको थियो । अपाङ्गता भएका घिमिरेको जीविकोपार्जन, औषधि उपचार र सन्तानको शिक्षामा सघाउ पु¥याउनका लागि प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैंक खातामा जम्मा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप