शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब आमिर खानको यस्तो व्यवहारले जुही चावलाले तोडिन् दोस्ती

मङ्गलबार, २७ कात्तिक २०७५, १० : ११
मङ्गलबार, २७ कात्तिक २०७५

बलिउडकी चुलबुले अभिनेत्री भनेर चिनिने जुही चावलाको जन्म सन् १९६७ को नोभेम्बर १३ तारिखमा भएको थियो । जुहीले सन् १९८४ मा मिस इन्डियाको उपाधि पनि जितेकी थिइन् । जुहीले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सल्तनत’ बाट गरेकी थिइन् तर फिल्मले त्यति सफलता हाँसिल गर्न सकेन । त्यसपछि उनले फिल्म ‘प्रेमलोका’ मा अभिनय गरिन् । जुहीको यो फिल्म बक्स अफिसमा निकै राम्रो रह्यो ।

बलिउडमा जुहीको करियरको गती फिल्म ‘कयामत से कयामत तक’ बाट लियो । यो फिल्ममा जुहीसँग आमिर खान मुख्य भूमिकामा थिए । फिल्म ‘कयामत से कयामत तब’ को क्रममा जुही र आमिरबीचको साथीको सम्बन्ध निकै राम्रो भयो ।

तर सन् १९९७ मा आएको फिल्म ‘ईश्क’ को सेटमा यस्तो घटना भयो जसका कारकण दुबैको दोस्ती समाप्त भयो । वास्तवमा यो फिल्मको सुटिङको क्रममा आमिरले जूहीसँग ठट्टा गर्नका लागि आफूलाई हस्तरेखासम्बन्धि राम्रो ज्ञान भएको बताए । यो कुरा सुन्ने बित्तिकै जुहीले आमिरको अगाडि आफ्नो हात बढाइन् तब आमिरले उनको हातमाथि थुकेर त्यहाँबाट भागे । आमिरले यस्तो ठट्टाका लागि गरेपनि जुही भने उनको व्यवहारले निकै रिसाइन् र आमिरसँग कुरा गर्न नै बन्द गरिन् । जुहीलाई आमिरको त्यो ठट्टा यति नराम्रो लाग्यो कि फिल्मको सुिटङ पुरा भएपछि उनले आमिरसँग फिल्म नखेल्ने निर्णयसम्म लिइन् ।

यद्यपी, घटनाको पाँच, ६ वर्षपछि जुहीले आमिरसँगको झगडा तोड्दै कुराकानी सुचारु गरिन् । 

जुहीले आमिरसँग विभिन्न हिट फिल्ममा काम गरिन् जसमा ‘कयामत से कयामत कयामत तक’, ‘दौलत की जंग’, ‘हम हे राही प्यार के’ र ‘इश्क’ जस्ता फिल्म समावेश छन् । बलिउडमा उनको फिल्मको कुरा गर्ने हो भने उनले सबैभन्दा धेरै शाहरुख खानसँग काम गरेकी छिन् । जुहीले फिल्मबाहेक विज्ञापन र मोडलिङमा पनि हात हालिन् । आफ्नो फिल्मी करियरमा जुहीले हिन्दीबाहेक कन्नड, मलयालम, तमिल, तेलुगु, पंजाबी र बंगाली भाषाको फिल्ममा काम गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप