बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी नदीमा फसेका युवाको प्रहरीले गर्यो सकुशल उद्दार

सोमबार, ०९ साउन २०७४, १७ : ५०
सोमबार, ०९ साउन २०७४

-रामचन्द्र न्यौपाने

दुनै, डोल्पा - डोल्पाको दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । 

आइतबार बेलुकी ६ बजे पछि सदरमुकामको रहेको होटेल मरमर गार्डेनको नजिकैबाट टापुमा रहेको काठ निकाल्न गएको बेला उनि भेरी नदिमा फसेका हुन् । भेरीको बिचमा भएको काठ निकालेर बिक्री गर्ने मनासायले श्रावणमा उर्लेको नदीमा गएको उद्धार गरिएका पबिनले बताए । 

उनले भने 'काम गरेर पैसा कमाउन डोल्पा आएको हुँ । भेरीमा भएको काठ निकालेर पैसाको लोभमा गएँ तर फर्कन सकिन त्यस पछि साथिहरुलाइ बचाउ-बचाउ भन्दै कराएँ । प्रहरीले मेरो उद्दार गर्यो' उनले खुशीका आँसु पनि झार्दै भने । 

भेरीमा काठ निकाल्न गएको साथि फर्कन सकेन उद्धार गरिदिनु पर्यो भन्दै पबिनका साथिहरु प्रहरीसमक्ष पुगेका थिए । 

त्यसपछि प्रहरीले तत्काल लाइफ ज्याकेट र अन्य उद्धारका समाग्रिहरु लिएर भेरीमा पुगको जिल्ला प्रहरि कार्यालयका प्रहिर नायव उपरिक्षक समित खड्काले बताए । खड्काले भने निकै मेहनत पछि पबिनलाई सकुशल बचाउन सकियो” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप