शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपिका–रणबीरको विवाहः होटलको भाडादेखि कार्यक्रमको बीमासम्मका नालीबेली

मङ्गलबार, २७ कात्तिक २०७५, १२ : ५८
मङ्गलबार, २७ कात्तिक २०७५

रणबीर सिंह र दीपिका पादुकोणको १४ र १५ नाभेम्बरमा इटालीको ‘लेक कोमो’ मा विवाह कार्यक्रम आयोजना गरिनेछ । विवाह दुई प्रकारले गरिने बताइएको छ । १४ नोभेम्बरमा कोंकणी परम्परामा र १५ मा सिन्धी रिति रिवाजले विवाह सम्पन्न हुनेछ । नोभेम्बर १३ मा संगीत कार्यक्रम हुनेछ ।

कार्यक्रमको बीमाः

सरकारी बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स (ओआईसी) ले उनीहरुको विवाहको भेन्युको इन्स्योरेनस गरेको छ । बीमाको नीति अनुसार दीपिका रणबीरको विवाहको पाँच दिन (१२–१६) सम्म चोरी, बिस्फोट, विमान यात्रा, भूकम्प, पानी, बाढी, आँधी र आगोबाट भएको क्षतीलाई कभर गरिनेछ । कभरमा गरगहना पनि समावेश छ ।

एक दिनको भाडा २४ लाख भारुः

रिपोर्टका अनुसार जहाँ विवाह भइरहेको छ त्यहाँको एउटा कोठाको न्यूनतम भाडा ४ सय युरो छ । विवाह स्थलमा ७५ वटा कोठा छन् । यो हिसाबले हेर्ने हो भने दीपिका रणबीरले  दैनिक २४ लाख ७५ हजार भारु भाडामा खर्च गरिरहेका छन् । एक हप्ताका लागि दुबैले १ करोड ७३ लाख २५ हजार भारु भाडामा खर्च गर्नेछन् ।

लेक कोमोमा कहिलेसम्म बस्नेछन् रणबीर दीपिका ?

यी दुई १६ नोभेम्बरसम्म लेक कोमामा बस्ने अनुमान गरिएको छ । केही रिपोर्टका अनुसार विवाहको कार्यक्रम र अन्य कुराका लागि बीमा गरिएको छ । बीमाको समयावधी १२ देखि १६ नोभेम्बरसम्म छ ।

कहिलेदेखि सुरु हुनेछ कार्यक्रम ?

रणबीर–दीपिका नोभेम्बर १० मा इटाली प्रस्थान गरेका थिए । मिडिया रिपोर्ट अनुसार नोभेम्बर १३ मा संगीत कार्यक्रमको आयोजना हुनेछ जसमा नजिकका साथी र आफन्त समावेश हुनेछन् । दीपिका र रणबीरले विवाहलाई नीजि राख्ने निर्णय गरेका छन् । त्यसकारण कम व्यक्तिलाई मात्र विवाहमा निम्तो दिइएको छ ।

कहिले विवाह गर्नेछन् दीपिका रणबीर ?

राणबीर सिंह र दीपिका पादुकोण १४–१५ नोभेम्बरमा इटालीको लेक कोमा विवाह गर्दैछन् । यहाँ हलिउड सेलिब्रिटीका विभिन्न कार्यक्रम आयोजना भएका छन् । हालै इशा अम्बानी र आनन्द पिरामिलको इन्गेजमेन्ट पनि लेक कोमोमा नै आयोजित भएको थियो ।

कुन रीति–रिवाजबाट हुनेछ विवाह ?

विवाह दुई रीति–रिवाजले हुनेछ । १४ नोभेम्बरमा कोंकणी परम्परा र १५ मा सिन्धी रीति रिवाजमा विवाह सम्पन्न हुनेछ । दीपिका कोंकणी मूलकी हुन् जबकी रणबीर सिन्धीका हुन् ।

विवाहमा दीपिकाले के लगाउनेछिन् ?

कोंकणी रीति रिवाजबाट हुने विवाहमा दीपिकाले साडी  र सुनका आकर्षक गहना लगाउनेछिन् । जबकि सिन्धी रीति–रिवाजबाटख हुने विवाहमा दीपिकाले लेहेंगा लगाउनेछिन् । लेहेंगाको रङ गुलाबी र पर्पल बताइन्छ जससँग उनी रिगलजडित नेक्लेस लगाउनेछिन् । विवाहको दिन दीपिका डिजाइनर सब्यसाचीको कलेक्शनमा देखिनेछिन् ।

मेन्युमा के के हुनेछ ?

यी दुईको विवाहको मेन्यूमा इन्डियन र कन्टिनेन्टल व्यञ्जनलाई छनोट गरिएको छ । नोभेम्बर १४ तारिखमा पारम्परिक मेन्यु हुनेछ जसमा डोसा र चामल सर्भ गरिनेछ र नोभेम्बर १५ मा पंजाबी आइटम सर्भ गरिन्छ ।

दीपिका, रणबीरको विवाहमा विराट अनुष्काको कनेक्सनः

दीपिका–रणबीरको विवाहका लागि द वेडिङ फिल्मरलाई हायर गरिएको छ । यसअघि वेडिङ फिल्मरको टिमले विराट कोहली र अनुष्काको विवाहको जिम्मा लिएको थियो । उनीहरुले बिपाशा–करण सिंह ग्रोवर, ईशा देओल–भारत तख्तानी, दिया मिर्जाको विवाह पनि सुट गरेका छन् ।

विवाहमा कसरी हुनेछ रणबीरको इन्ट्रि ?

पिंकविलाको रिपोर्ट अनुसार रणबीरको इन्ट्रि जबरजस्त तरिकाले हुनेछ । उनी कुनै कार र घोडामा बसेर आउने छैनन् । रणबीर आफ्नो अचम्मको अन्दाजमा सिप्लेनमा इन्ट्रि गर्नेछन् ।

कहाँ र कहिले हुनेछ रिसेप्शन पार्टी ?

दीपिका र रणबीरको मुम्बई रिसेप्शन नोभेम्बर २८ मा होटल ग्रान्ड हयातमा हुनेछ । जुन राती ८ बजेदेखि सुरु हुनेछ । यो रिसेप्शन पार्टी रणबीर सिंहको आमाबुवाको तर्फबाट राखिएको हो । यस्तै, २१ नोभेम्बरमा दीपिकाको होमटाउन बेंगलुरुमा रिसेप्शन पार्टीमा हुनेछ । यसलाई दीपिकाको आमा–बुवाले होस्ट गर्नेछन् ।

क–कसलाई दिइयो निम्तो ?

मिडिया रिपोर्ट अनुसार दीपिका–रणबीरको विवाह निकै कम मानिस बोलाइएको छ । खबरका अनुसार लेक कोमोमा साथीभाइ र आफन्त गरी ३० जनालाई बोलाइएको छ । यस्तै बलिउडबाट फराह खान, शाहरुख खान, संजय लिला भंसालीलाई बोलाइएको खबर छ ।

यसकारण विवाहमा फोन लैजान पाइँदैनः

विवाहको तस्बिर लिक नहोस् भन्नका लागि विशेष तयारी गरिएको छ । विवाहमा मोबाइल फोन लैजान अनुमती छैन ।

हनिमुनको योजना छैनः

विवाह पछि रणबीर–दीपिका लामो समयका लागि हनिमूनमा जानेछैनन् किनभने रणबीर फिल्म सिम्बाको प्रोमोशनमा उपस्थित हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप