बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा छठको उल्लास (फोटोफिचर)

मङ्गलबार, २७ कात्तिक २०७५, १३ : ०२
मङ्गलबार, २७ कात्तिक २०७५

जनकपुर–मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज ।  मिथिलाञ्चलबासीले उल्लासमय वातावरणमा छठ मनाइरहेका छन् भने इनार तलाउ तथा जलाशयहरु बेलुहीझैं सिंगारिएको छ । 

छठका ब्रतालुहरु विहानैदेखि जनकपुरका मुख्य छठ घाटहरु गंगासागर, धनुषसागर, अंगरजा सर सागर, दशरथ तलाउ, रत्नसागर, रुकमिनी, लवकी पोखरी सहितका पोखरीहरुमा पूजा सामग्री लिएर बसेका छन् । 

ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न हुनेछ । 

धार्मिक आस्थाका साथै छोराछोरी, नाती नतिना लगायत घरपरिवारको दीर्घायूको कामना सहित चैते छठ मनाउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने वीरेन्द्र कर्णले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप