शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई बैंकका वित्तीय विवरण सार्वजनिक

मङ्गलबार, २७ कात्तिक २०७५, १५ : ४६
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौँ– वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ । 

बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।बैंकले सो अवधिमा रु एक अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले रु एक खर्ब ११ निक्षेप सङ्कलन गरेको छ । बैंकको ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर रु ९९ अर्ब पुगेको छ । बैंकको चुक्ता पूँजी रु आठ अर्ब रहेको छ । 

यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आवको पहिलो तीन महीनामा रु ५८ करोड ४५ लाख नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस वर्ष २४.०५ प्रतिशतले नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ४७ करोड १२ लाख नाफा कमाएको थियो । बैंकले सो अवधिमा रु ६५ अर्ब ४७ करोड निक्षेप सङ्कलन गरी रु ४८ अर्ब ३६ करोड ऋण लगानी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप