नैकापमा भेटियो नक्कली स्याम्पो र बीएमसी मसलाको फ्याक्ट्री
मङ्गलबार, २७ कात्तिक २०७५, १६ : १२
काठमाडौं– राजधानीमा अमेरिकी ब्राण्डको स्याम्पो हेयर एण्ड सोल्डर र भारतीय ब्राण्डको बीएमसी मसलाको नक्कली कारखाना फेला परेको छ ।
राजधानीको चन्द्रागिरी नगरपालिका १५ स्थित नैकापमा बासु बिडारी र ज्योती बिडारीको नाममा खोलिएको ‘ज्योती सोप एण्ड केमिकल्स’ नामको कम्पनी फेला परेको हो ।
विषेश सूचनाको आधारमा काठमाडौं प्रहरीको टोलीले छापा मार्ने क्रममा सो नक्कली कम्पनी फेला पारेको हो ।
सो नक्कली कम्पनीबाट सेम्पो र मसला उत्पादन गरी बजारमा विक्रि वितरण हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली कारखानाका सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको काठमाडौं प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै