दोहोरो अंकले बढ्यो शेयर बजार, १७ करोडको कारोबार
मङ्गलबार, २७ कात्तिक २०७५, १६ : ३९
काठमाडौं– अनलाइन ट्रेडिङ शुरु भएयता आज सेयर बजार दोहोरो अंकले बढेको छ । यद्यपि, कारोबार भने १७ करोड ४१ लाख रुपैयाँ बराबरको मात्र भएको छ । आज बजार समग्रमा १.१७ प्रतिशतले बढेको हो । यस दिन १५० कम्पनी कारोबारमा आएका थिए । आज वित्त कम्पनी बाहेक सबै समुहमा बृद्धि देखिएको छ । वित्त कम्पनी ०.२५ अंकले घटेको हो ।
सबैभन्दा बढी जीवन वीमा समुहतर्फ ७७.९ प्रतिशतले बृद्धि छ भने नीर्जिबन वीमामा ७५.१४ अंकको बृद्धि छ । आज सबैभन्दा बढी प्रभु बैंकको १ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढीमा अपि पावर कम्पनीको १ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनआइसी एसिया बैंक, मेगा बैंक, नेपाल लाइफ इन्सुरेन्स लगायतको कारोबार १ करोड भन्दा कमको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ