मन्त्री पद खोसिएका सोडारी भन्छन्– ‘जसले मन्त्री बनाए उसैले फिर्ता बोलाए’
काठमाडौं– सुदूरपश्चिम प्रदेशका सामाजिक सुरक्षा मन्त्री दीर्घबहादुर सोडारीले पार्टी नेतृत्वले जिम्मेवारीबाट फिर्ता बोलाएकोमा गुनासो नरहेको बताएका छन् । उनले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने– ‘पार्टी नेतृत्वले जिम्मेवारी दिए । उहाँले नै जिम्मेवारीबाट फिर्ता बोलाए । यसमा मेरो कुनै गुनासो छैन । नवनियुक्त मन्त्रीलाई खादा ओडाएर आएको छु । प्रदेश सरकारलाई मेरो पूर्ण सहयोग हुन्छ ।’
फिर्ता बोलाउनुको कारण आफूलाई कुनै जानकारी नआएको बताउँदै उनले यसबारे पार्टी नेतृत्वलाईनै थाहा होला भन्ने धारण राखे । मुख्यमन्त्री त्रिलोचन भट्टले भने मन्त्री सोडारीको कार्य सम्पादन सन्तोषजनक नभएकाले प्रधानमन्त्री र प्रदेश इन्चार्जजको रोहबरमा जिम्मेवारीबाट फिर्ता बोलाएको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार पद अनुरुपको आचरण नगरेको, पटक–पटक पार्टीको नीतिअनुसार काम गर्न आग्रह गरेपनि मन्त्री सोडारीले बेवास्ता गरेका कारण फिर्ता बोलाइएको हो । मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरका झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला गौरीगंगा नगरपालिकाको बडैपुरमा मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए ।
सोडारी मन्त्री बने देखिनै विभिन्न विवादमा पर्दै आएका थिए । तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट विजयी सांसद हुन् । उनी माधवकुमार नेपाल निकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट