शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेटो प्रमुखको रूसी तथा चिनियाँ क्षेप्यास्त्रप्रति चासो

मङ्गलबार, २७ कात्तिक २०७५, १९ : २१
मङ्गलबार, २७ कात्तिक २०७५

बर्लिन– उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका क्षेप्यास्त्रप्रति चासो व्यक्त गर्दै मङ्गलबार बेइजिङलाई पनि अन्तर्राष्ट्रिय हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन आग्रह गरेका छन् । 

‘हामीले देखेका छौँ कि चीनले नयाँ क्षेप्यास्त्रहरूसहित नयाँ र आधुनिक हतियारमा व्यापक लगानी गरेको छ,’ स्टलटेनबर्गले जर्मनीको जिडिएफ सार्वजनिक टेलिभिजनमा बताए । उनीहरूका आधाभन्दा बढी क्षेप्यास्त्र निर्माणले सन् १९८७ मा गरिएको मध्यम दूरीको आणविक शक्ति सम्झौता (आइएमएफ)लाई उल्लङ्घन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त सम्झौताबाट बाहिरिने चेतावनी दिएका थिए । 

स्टलटेनबर्गले भने, ‘हामीले उक्त सन्धिलाई विस्तार गर्न चाहन्छौँ जसले गर्दा सन्धिले चीनलाई पनि बाँध्न सकोस ।’  शीत युद्धकालीन निशस्त्रीकरण सम्झौताको आधार मध्यम दूरीको आणविक शक्ति सम्झौतालाई रूसको क्षेप्यास्त्र प्रणाली बिस्तारले उल्लङ्घन गरेको दावी गर्दै ट्रम्पले गत महिना अमेरिका पनि उक्त सम्झौताबाट पछि हट्नसक्ने बताएको थियो । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको उक्त भनाइपछि मध्यम दूरीको आणविक हतियार निर्माणमा नियन्त्रणका लागि गरिएको सन्धिबाट फर्कनु भनेको हतियार नयाँ दौडको शुरूवात हुने बताएका थिए । पुटिनले यदि यूरोपमा अमेरिकी क्षेप्यास्त्रको बिस्तार गरियो भने उचित जवाफ दिने बताएका थिए । 

स्टलटेनबर्गले मङ्गलबार भने, ‘नेटोले नयाँ हतियारको दौड नचाहेको तर हामीलाई रूसी नयाँ हतियार बिस्तारले चिन्तित तुल्याएको छ । उनीहरू एक ठाउँबाट अर्को ठाँउमा सार्न सकिने, आणविक क्षमता भएका र यूरोपका बर्लिनजस्ता ठूला शहरमा पुग्ने खालका छन् ।’ 

‘आइएनएफ सन्धि अहिले खतरामा रहेको छ त्यसैले हामीले रूसलाई सन्धिप्रति प्रतिवद्ध रहन आग्रह गर्दछौँ ।’ –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप