शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंमा राष्ट्रपतिदेखि सर्वसाधारण सम्मले गरे छठपूजा, २६ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २७ कात्तिक २०७५, २० : २६
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं–मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व  छठ मधेसमा मात्रै नभई काठमाडौंमा पनि आज धूमधामका साथ मनाइएको छ । 
पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ । लाखौँ भक्तजनले आज बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिए । यस्तै काठमाडौंमा कमल पोखरी गुह्वेश्वरी, बागमतीलगायतका स्थानका साथै अन्य पोखरीहरुमा पनि छठ पूजा गर्नेको भीड देखिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आज छठी माताको मूर्तिमा पूजाआराधना गरिन् । उनलाई श्री छठ पूजा समितिका पदाधिकारीले गुह्येश्वरी नदी क्षेत्रमा स्वागत गरेका थिए । 

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने छ । 

आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । 

रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले  राजधानीकाविभिन्न छठघाटहरुमा पुगेर छठको माहोललाई यसरी आफ्नो क्यामेरामा कैद गरेका छन्ः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप