शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा अहिलेसम्मकै ठूलो साइबर आतंक : ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा !

सोमबार, ०९ साउन २०७४, १० : ३९
सोमबार, ०९ साउन २०७४

काठमाडौँ  – नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् । 


आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो ।


यसरी ह्याक भएका वेभसाइटमा रक्षामन्त्रालयदेखि कानुन आयोगसम्मका वेभसाइटहरु रहेका छन् ।


ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेभसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ ।


यद्यपि, ह्याकरहरुले दाबी गरेको अनुसार सबै ५८ वटा वेभसाइट डाउन भने छैनन् ।


यसमध्ये केही वेभसाइटहरुमा मात्र ह्याक भएको सन्देश देखिएका छन् भने अन्य केहीमा समस्याहरु देखिएका छन् ।


यसबारेमा प्रहरीको प्रतिक्रिया आउन बाँकी रहेको छ ।


ह्याकरहरुको फेसबुक पेजमा यसअघि बंगलादेशका वेभसाइटहरु पनि आफूहरुले ह्याक गरेको दाबी गरेका छन् ।


समस्या देखिएका वेभसाइटहरु :

http://dppr.gov.np/

http://www.mod.gov.np/

http://www.fhd.gov.np/

http://doind.gov.np/

http://dof.gov.np/

http://dpr.gov.np/

http://fhd.gov.np/

http://forensic.gov.np/

http://www.lawcommission.gov.np/

http://mowss.gov.np/

http://nvc.gov.np/

http://www.fhd.gov.np/

http://www.doind.gov.np/

http://www.dmli.gov.np/

http://www.nitc.gov.np/

http://www.oagnep.gov.np/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप