शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा वीरगन्जको छठ : उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो पर्व

बुधबार, २८ कात्तिक २०७५, ०८ : ३३
बुधबार, २८ कात्तिक २०७५

वीरगञ्ज– उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सम्पन्न भएको छ ।

कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरी चोखो खाएका थिए ।

पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।

मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । षष्टी तिथीको दिन अर्थात मंगलबार संध्याकालिन र बुधबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व बिधिवत रुपमा समापन भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप