बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खासोग्गीको हत्यासम्बन्धि कल रेकर्डिङ सार्वजनिक, के घटनाका ‘बोस’ साउदीका युवराज सलमान नै हुन् ?

बुधबार, २८ कात्तिक २०७५, ०८ : ४१
बुधबार, २८ कात्तिक २०७५

वासिङटन पोष्टका पत्रकार जमाल खासोग्गीको हत्यासँग जोडिएको एक कल रेकर्डिङ सार्वजनिक भएको छ । यो रेकर्डिङमा खासोग्गीको हत्या गर्ने समूहमा संलग्न एक सदस्यले घटनापछि आफ्ना वरिष्ठ अधिकारीसँग ‘टेल योर बोस’ भनेका छन् ।

गत महिना अमेरिकालाई दिइएको थियो यो रेकर्डिङः

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले ‘टेल योर बोस’ को प्रयोग साउदीका युवराज मोहम्मद बिन सलमानका लागि प्रयोग गरिएको दाबी गरेको छ । यो रेकर्डिङ टर्कीको गुप्तचर एजेन्सीले फेला पारेको थियो जसलाई गत महिना सिआइएका निर्देशक जिना हसपेललाई सुम्पिएको थियो ।

टर्कीका अधिकारीका अनुसार यो कल रेकर्डिङमा साउदीका माहेर अब्दुलअजिज मुर्तेबको पनि आवाज छ । मुर्तेब खासोग्गीको हत्या गर्ने १५ सदस्यीय टोलीमा समावेश भएको बताइन्छ । टर्कीका अधिकारीले अमेरिकी अधिकारीलाई दिएको जानकारी अनुसार मुर्तेब एक सुरक्षा अधिकारी हुन् जसलाई धेरैजसो युवराज सलमानसँग देखिन्छन् ।

खासोग्गी हत्याः टर्कीले साउदी अरब, अमेरिकालाई दियो ‘टेप’

सात मिनेटमा हत्या गरिएको थियोः

बिजनेस इन्साइडरका अनुसार टर्कीका अधिकारीले एउटा यस्तो अडियो रेकर्डिङ पनि अमेरिकी अधिकारीलाई सुम्पिएका छन् जसमा खासोग्गीको अन्तिम शब्द छन् । उक्त रेकर्डिङमा खासोग्गीले भनेका थिए, ‘म सास फेर्न सकिरहेको छैन । यो ब्यागलाई मेरो टाउकोबाट निकाल । मलाई क्लस्टेरोफोबिया छ ।’

खासोग्गीको शवको टुक्रालाई पाँचवटा सुटकेशमा भरेर दूतावास बाहिर ल्याइएको थियोः रिपोर्ट

टर्कीको सरकारी मिडिया डेली सबाहका अनुसन्धान प्रमुख नाजिफ काराम्यानले आइतबार अलअजिरालाई यसबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार हत्याराले खासोग्गीको टाउकोलाई प्लाष्टिकको ब्यागले बाँधिदिएपछि साउदी पत्रकारको मृत्यु भएको हो ।

साउदी युवराजले भने, ‘खासोग्गी खतरनाक थिए’

हत्या गर्न सात मिनेट लागेको  काराम्यानले रेकर्डिङको हवाला दिँदै भने ।

खासोग्गी हत्याबारे टर्कीको पहिलो आधिकारिक बयानः दूतावास छिर्नेबित्तिकै घाँटी थिची हत्या

काराम्यान थप्छन्, ‘खासोग्गीको शवलाई टुक्राटुक्रा पार्नुअघि हत्याराले दूतावासको भुइँमा प्लाष्टिक ओछ्याएका थिए । यो गर्न उनीहरुलाई १५ मिनेट लाग्यो ।’

खासोग्गीकी प्रेमिकाद्वारा ट्रम्पको ह्वाइट हाउस भ्रमणको निम्तो अस्विकार

स्मरण रहोस्, साउदी पत्रकार जमाल खोसोग्गीको गत अक्टोबर दुई तारिखमा साउदीको वाणिज्य दूतावासभित्रै हत्या गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप