मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

तराई मधेस खानेपानी आयोजना अलपत्र

सोमबार, ०९ साउन २०७४, ११ : ११
सोमबार, ०९ साउन २०७४

नवलपरासी । तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत नवलपरासीमा परेका आयोजनाहरु अलपत्र परेका छन् । तराईवासीलाई आर्सेनिकमुक्त खानेपानी वितरण गर्न खानेपानी तथा ढल निकास विभागबाट सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत नवलपरासीमा पाँचवटा खानेपानी आयोजना निर्माणका क्रममा रहेको छ । 

परासी क्षेत्रको सरावल गाउँपालिकाको तिलकपुर र बडसारेमा गरी दुईवटा आयोजना, बर्दघाट, सुनवल र सुस्ता गाउँपालिकामा एउटा आयोजना निर्माण हुँदैछन् । ती आयोजनाको बोरिङ काम सम्पन्न भएको खानेपानी तथा डिभिजन सहकारी कार्यालय नवलपरासीका इञ्जिनियर शेषकान्त पाण्डेले बताउनुभयो । तर स्थानीय तहको पुनः संरचनासँगै खानेपानी तथा डिभिजन सहकारी कार्यालय स्थानीय तहमा जानेकी जिल्लाबाटै खानेपानीको काम अगाडि बढाउने निश्चित नभएपछि अहिले ती आयोजनाहरुको काम ठप्प रहेको छ । 

पाँचवटै आयोजनाको बोरिङसम्मको काम सम्पन्न गर्न अहिलेसम्म रु एक करोड सात लाख खर्च भएको इञ्जिनियर पाण्डेको भनाइ छ । गत असार २९ गतेसम्म बोरिङको काम सम्पन्न भए पनि आयोजनाको अझै विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नआएको कार्यालयले जनाएको छ । खानेपानी तथा ढल निकास विभागले ती सबै आयोजनाको स्थानका बारेमा जानकारी, पानी परीक्षण तथा प्रतिवेदन तयार पार्न केन्द्रबाटै परामर्शदाता टोली खटाएको थियो । उक्त टोलीले असारभित्रै प्रतिवेदन बुझाउने बताइए पनि अझै नबुझाएको कार्यालयले जनाएको छ । 

नवलपरासीमा सञ्चालन गरिएका ती आयोजनाबाट करिब दुई हजार घरधुरी लाभान्वित हुनेछन् । निर्माण कार्य सम्पन्न गराउनका लागि सम्बन्धित गाउँमा उपभोक्ता समिति गठन गरिएको छ । ती आयोजना ८० प्रतिशत नेपाल सरकारको बजेट र २० प्रतिशत जनश्रमदानमा सम्पन्न हुने बडसार खानेपानी उपभोक्ता समितिका सचिव मोबारक खानले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप