बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोले नेपालबाट प्रभावित हुँदै भित्र्यायो कुकुर तिहार

बुधबार, २८ कात्तिक २०७५, १० : ३८
बुधबार, २८ कात्तिक २०७५

नेपाली टाइम्स

नेपालमा मनाइने कुकुर तिहार अब विदेशमा पनि मनाउन थालिएको छ । मेक्सिकोका पशु अधिकारकर्मीको एक समूहले यो पर्वको सुरुवात गरेका छन् ।

गत हप्ता नेपालमा कुकुर तिहार मनाएपछि मेक्सिकन जनताले मेक्सिको सिटीस्थित रिभोलुशन स्क्वायर र पुयोर्टो भालार्टामा आफ्ना कुकुरलाई माला र टिका लगाइदिएर भेला गराए ।

मेक्सिकोमा कुकुर तिहार सन् २०१६ देखि मनाउन सुरु गरिएको हो । त्यति बेलादेखि उक्त पर्वले मेक्सिकोमा निकै चर्चा पाइरहेको छ, यस दिन कुकुरलाई विशेष सम्मानसमेत दिइन्छ ।

‘कुकुरलाई सम्मान दिनुपर्छ । यसबारे जागरुकता फैलाउन आवश्यक छ,’ कुकुर तिहारका आयोजक मार्था दाउले इआई युनिभर्सल न्यूजपेपरलाई बताए । ‘हामीलाई लाग्छ कि जनावरलाई चोट पुर्याउन नचाहनेले मानिसलाई विरलै चोट पुर्याउँछन् ।’

यसै हप्ता आयोजित दुईवटा कार्यक्रममा सयपत्री फूलका माला लगाएका र निधारमा टिका लगाइएका कुकुर आफ्ना मालिकसहित उपस्थित भए । आयोजकमध्येका एक Protección del Perro Callejero    ले युट्युबमा कुकुरका लागि सयपत्री फूलको माला कसरी बनाउने भनेर ट्युटोरियलसमेत सेयर गरेको थियो ।

Organización Properro की एनिमियो मायाले उक्त पर्व नेपालको कुकुर तिहारबाट प्रभावित भएको जानकारी दिँदै भनिन्, ‘नेपालमा कुकुरलाई यमराजको दूत भनेर पुजिने परम्परा हामीलाई निकै मनपर्यो । यो पर्वले कुकुरलाई घरबाट निकालिँदा उसले कति दुःख पाउँछ भन्ने कुरा र कुकुरको इमान्दारीबारे मेक्सिकोभरी जागरुकता फैलाउन मद्दत गर्नेछ भन्नेबारे हामी आशावादी छौं,’ माया थप्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप