शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वामदेवको गुनासोः मेरो चरित्रमा खेलबाड गरियो

बुधबार, २८ कात्तिक २०७५, १० : ५९
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– नेकपाका सचिवालय सदस्य वामदेव गौतमले मिडियाले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् । 

गौतमले सांसद नपाएपछि राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र  त्यसको नेतृत्व आफूलाई दिन प्रधानमन्त्री केपी ओली शर्मा ओलीसँग प्रस्ताव गरेको दाबी सहित एक पत्रिकाले खबर छापेको थियो । तर, सो प्रस्तावलाई ओलीले अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको थियो । 

गौतमले बोल्दै नबोलेको कुरालाई अन्तर्वार्ता नै दिएको जसरी छाप्ने काम भएको भन्दै आफ्नो चरित्रमाथि खेलबाड गरिएको एक विज्ञप्तिमार्फत जनाएका छन् । 

‘नेपाल सरकारले कस्ता नीति अवलम्बन गर्छ, कस्ता नीति अवलम्बन गर्दैन उसको अधिकारको कुरा हो । विकास निर्माणसम्बन्धी ऐनद्वारा निर्देशित प्राधिकरण निर्माण गर्ने विगतमा प्रधानमन्त्रीसँग कुरा भए पनि आज मेरो माग होइन । सरकार र पार्टीका नेताहरुसँग यस सम्बन्धमा मेरो कुनै गुनासो पनि छैन ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप