मध्यभोटेकोशीको सेयर खुल्यो, कसले कति भर्न पाउँछन् ?
मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर आजबाट बिक्रि खुला भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड १७ लाख कित्ता साधारण सेयर सञ्चयकर्ताका लागि बिक्रि खुला गरेको हो ।
यस सेयरका लागि २०६८ मंसिर २२ मा बहाल रहेका र यहि मितिदेखि विवरणपत्र स्विकृत भएको मिति २०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । आवेदन दिन चाहने आवेदकले मंसिर १४ गतेभित्र आवेदन दिन सक्नेछन् । सञ्चयकर्ताको न्युनतम ५० कित्ता देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन सिआस्वा बैंक तथा वित्तिय संस्थाबाट दिन सकिनेछ ।
१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ । संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता बिक्रि गर्न लागेको हो । यसका लागि भने मंसिर १८ गतेदेखि २६ गतेसम्मका लागि आवेदन दिन सक्नेछन् । । यस आइपिओलाई केयर रेटिङले केयर एनपी आइपिओ ग्रेड चार प्लस दिएको छ । यो भनेको कम्पनीको अवस्था औसत भन्दा तल हो ।
यसको विक्रि प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल हो भने सहायक विक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल, सिभिल क्यापिटल मार्केट र सिबिआइएल क्यापिटल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा