तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल मिलाउन सात दिने चेतावनी
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिएका हुन् ।
“केही दिनअघि राखेपको ११०औँ बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो”– सदस्य सचिव विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राखेपले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा दुई सङ्घबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै दुई तेक्वान्दो सङ्घलाई तत्काल मिल्न निर्देशन दिएको हो ।
विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ