शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पीडित र दलालबीचको सहमतीमा युएईबाट १५ जना नेपाल फर्कँदै

सोमबार, ०९ साउन २०७४, ११ : २४
सोमबार, ०९ साउन २०७४

लक्ष्मण खनाल युएई– भिजिट भिषामा दलालले युएई ल्याएर अलपत्र युवा र दालाल प्रेम पाण्डेविच लिखित सहमती भएको छ । 
पीडितहरुमध्ये १५ जना सोमबार नेपाल फर्कने भएका छन् । उनीहरुलाई नेपाल फर्काउन नेपाली राजदुतावासकी श्रम सहचारी हिरा यादव, पत्रकार उमाकान्त पाण्डे र रुन्चे गायक प्रकाश पौडेलको रोहबरमा लिखित सहमती भएको हो ।

सहमती अनुसार दालाल पाण्डेले १९ जना पीडितहरुमध्ये १५ जनालाई समोबार नेपाल फर्कने व्यवस्था मिलाउनेछन् । त्यसका लागि हवाई टिकट दलालले व्यवस्था गर्ने सहमती भएकोसहचारी यादवले बताइन् । साथै उनीहरुले काठमाण्डौमा रहेको ट्राभल्समा तिरेको रकम र युएईमा दलाललाई दिएको एक हजार डलर मध्ये आपसी सहमतीमा हरहिसाव कट्टा गरी फिर्ता गर्ने सहमती पनि भएको छ । बाँकी चार जनाको ओभर स्टे भएका कारणले उनीहरुको आवश्यक कानुनी प्रक्रिया पुरा गरेर नेपाल पठाउने सहमती भएको छ ।
पीडितहरु ठमेलमा रहेको अर्थलाइन र क्रोमोज ट्राभल्समार्फत दुइलाख देखि तीनलाख असीहजार सम्म तिरेर भिजिट भिषामा युएई आएका थिए । युएईमा आइसकेपछि उनिहरुलाई खाने बस्ने र रोजगार मिलाइदिने जिम्मा लिएका सुजन भनिने प्रेम पाण्डेले अबुधाबीको मुसफामा राखेका थिए । पाण्डेले जागिर मिलाइदिने वहानामा प्रतिव्यक्ति एक हजार डलर युएईमा लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप