शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् खेलकुदकी सबैभन्दा शक्तिशाली महिला

बुधबार, २८ कात्तिक २०७५, १३ : ३१
बुधबार, २८ कात्तिक २०७५

एजेन्सी । सुसाना डिनाज प्रिमियर लिगको भावी कार्यकारी प्रमुख बन्ने भएकी छिन् ।

२० वर्ष यो पदमा बिताएका रिचार्ड स्कुडामोरले यो वर्षको अन्त्यमा पद छाड्ने भएपछि उनको स्थानमा सुसाना आउन लागेकी हुन् ।

हाल डिस्कभरी एनिमल प्लानेटको ग्लोबल प्रेसिडेन्ट रहेकी सुसानाले सन् २०१९ को शुरुवातबाट पद सम्हाल्नेछन् ।

‘यो भूमिका निभाउन म निकै उत्साहित छु,’ सुसानाले भनिन्, ‘धेरैका लागि प्रिमियर लिग निकै महत्वपूर्ण छ ।’

उनले व्यावसायिक खेलकुदको उत्कृष्ट संस्थाको नेतृत्व गर्न पाउन आफू गर्वान्वित भएको बताइन् ।

‘क्लब र टिमहरुको सहयोगबाट यो लिगलाई अगामी दिनमा सफलताको बाटोमा डोर्याउन आशावादी छु,’ उनले भनिन् ।

स्कुडामोरको कार्यकालमा प्रिमियर लिगको विश्वव्यापी टेलिभिजन राइट रकममा उत्साहजनक रुपमा बृद्धि भएर सन् २०१९–२०२२ मा १०.८ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

५९ वर्षीय स्कुडामोरले प्रिमियर लिगको नेतृत्व सम्हाल्दा टेलिभजन राइट मात्र ८७ करोड डलर मात्र रहेको थियो ।

उता, सुसानाले डिस्कभरीमा १० वर्ष बिताएर प्रिमियर लिगमा आउन लागेकी हुन् ।

उनी सन् २०१७ मा मात्र एनिमल प्लानेटको पहिलो ग्लोबल प्रेसिडेन्ट बनेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप