बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अब विकासको लागि राजनीतिक प्रतिस्पर्धा : नेता बडू

बुधबार, २८ कात्तिक २०७५, १३ : ४२
बुधबार, २८ कात्तिक २०७५

दार्चुला– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन् । 

सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै स्थानीय तहको सहयोगमा दार्चुला सदरमुकाम खलङ्गामा सञ्चालन भएको अन्तर स्थानीय तहबीचको महिला भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले विकासका लागि राजनीतिक प्रतिस्पर्धा जरुरी भएको बताएका हुन् । 

जनताले पाँच वर्षका लागि दिएको म्याण्डेटभित्र कसले के गर्यो भन्ने फैसला जनताले गर्ने भन्दै उनले यसका लागि विकासमा प्रतिस्पर्धा आवश्यक रहेको बताए ।  मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले मैत्रीपूर्ण महिला भलिबल खेलले एक अर्को स्थानीय तहको सम्बन्धमा सुधार गर्न सहयोगी हुने बताए ।

कार्यक्रममा जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहको महिला भलिबल खेलाडीको सहभागिता रहेको छ । सामुदायिक ग्रामीण विकास समाज नेपालको २५औँ रजतजयन्ती तथा २६औँ साधारणसभाको अवसर पारी भलिबल प्रतियोगिता सञ्चालन भएको हो । नौवटै स्थानीय तहको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला खेलकूद विकास समितिले गरेको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप