मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा जीप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते

सोमबार, ०९ साउन २०७४, ०७ : ००
सोमबार, ०९ साउन २०७४

बाग्लुङ– बागलुङको बडीगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । 


जलजलादेखि ग्वालीचौर झर्दै गरेको ध १ज १८४ नम्बरको जिप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह गरिएको पाइजाले बताए । ‘सडकदेखि आठ सय मिटर भन्दा तल खसेको जीप दर्जनौ टुक्रा परेकाले सबै जानकारी दिन सक्ने अवस्था छैन, घटनास्थलदेखि घाइतेको उद्धार गरी सडकसम्म ल्याउने काम भइरहेको छ ।’ अध्यक्ष पाइजाले भने, ‘तत्काल हेलिकप्टर पठाउन नसके मृतकहरु बढने छन् ।

बाग्लुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गृह मन्त्रालयमा हेलिकप्टरका लागि माग गरिएकाले तत्काल हेलिकप्टर घटनास्थलतर्फ जाने तयारी गरिएको बताए । ‘हामीले घटनालगत्तै आर्मी र गृहसँग कुरा गरेका छौं घाइतेको उद्धारका लागि हेलिकप्टर त्यहाँ पुग्छ ।’ उनले भने ।
घटनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका बेला ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।

मृतक चारैजनाको सनाखत
घटनामा मृत्यु हुनेमा बढीगाड ५ का मुक्तबहादुर पाइजा,  बढीगाड ८ का नारायण सेर्पुजा, बढीगाड  ४ का कुलबहादुर पुन र जलजला ४ का   उमेल काउसा रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप