बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यालिफोर्निया डढेलो : जेरार्ड बटलर र माइली साइरसको घर जल्यो

बुधबार, २८ कात्तिक २०७५, १७ : ०७
बुधबार, २८ कात्तिक २०७५

एजेन्सी । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अमेरिकी इतिहासको सबैभन्दा भीषण आगलागी करार गरिएको छ ।

हालसम्म आगलागीबाट कम्तिमा ५० जनाको मृत्यु भइसकेको छ ।

आगलागीबाट बच्ने प्रयास गरिरहेकाहरु कार र घरमा जलेर मरे । 

यसमा कयौँ हलिउड सेलिब्रेटीहरुको घर पनि जलेर नष्ट भएको छ । पछिल्लो पटक जेरार्ड बटलर र माइली साइरसले सामाजिक सञ्जालमा आफ्नो घर जलेको पीडा सेयर गरेका छन् ।

हलिउड चलचित्र ३०० का एक्टर जेरार्ट बटलरले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै लेखेका छन्, ‘पूरा क्यालिफोर्नियाको लागि यो दुःखद घडी हो । घर खाली गरेपछि मालिबुस्थित घरमा फर्किएको छु । अग्निनियन्त्रकको साहस जोश र बलिदानबाट म सँधै प्रेरित रहनेछु ।’ 

माइलीको पनि घर जल्यो

गायिका माइली साइरसले आइतबार पीडितहरु प्रति समवेदना प्रकट गर्दै आफ्नो घर पनि जलेर नष्ट भएको बताइन् ।

उनले लेखेकी छिन्, ‘आगलागीबाट प्रभावितहरुका लागि म आहत छु । म भाग्यमानी थिएँ । मेरो घरपालुवा जनावर र मेरो माया सुरक्षीत रह्यौँ । यो मेरो लागि महत्पूर्ण हो ।’

उनी लेख्छिन्, ‘मेरो घर अब रहेन । तर, मरो परिवार र साथीहरुसँग जुन पल बिताएँ त्यो सम्झिरहेकी छु । उनले अग्निनियन्त्रकहरुलाई आगो निभाउन सक्दो सहयोग गर्न सबैसँग अपिल पनि गरेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप