बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैध कारोबार गर्न पाइने भएपछि क्यानाडामा गाँजाको भइरहेछ हारालुछ

बुधबार, २८ कात्तिक २०७५, १७ : १७
बुधबार, २८ कात्तिक २०७५

एजेन्सी । अघिल्लो महिना जब ट्रेभोर टोविनले क्यानडाको पहिलो कानुनी मान्यता पाएको गाँजा स्टोर खोले । उनले यो ऐतिहासिक राष्ट्रिय प्रयोगको एक सानो हिस्सेदार हुने आसा गरेका थिए । 
यही आसाका साथ उनी र उनको आमा ब्रेन्दाले ‘हाई नर्थ’ नामको स्टोर खोल्नको लागि १ लाख जम्मा गरे ।

 ‘हाई नर्थ’ न्यूफाउण्डल्याण्ड प्रदेश र ल्याब्रेडोर सहरमा खुलेको थोरै वैध गाँजा  र भाङ बेच्ने निजी खुद्रा पसलमध्ये एक थियो । 

तर एक महिना पछाडि आमाछोराको यो जोली खाली ¥याक हेर्नुपर्ने अवस्थामा आइपुगेका छन् । प्रत्येक दिन उनीहरुले लगानी गरेको पैसा घट्दै गइरहेको छ । “नयाँ स्टक आउला भनेर मैले आफ्ना स्टाफहरुलाई पैसा तिरेर रोकिराख्नु परेको छ । तर त्यो कहिल्यै आउदैन ,” टोविनले भने ।

हिजोआज प्रत्येक दिन ल्याब्रोडर सहरको यो एक मात्र वैध गाँजा  पसलले आफ्नो ग्राहकहरुलाई फर्काइरहनु परिरहेको छ । केही समय त उनीहरुले आफ्नो स्टोरनै बन्द गर्नु प¥यो । 

“दैनिक ग्राहकहरुसँग सयौं क्षमायाचना मागेपछि, एक हप्ता पछि हामीले माफी मागेर थाक्यौं,” टोविनले भने ,“सुरुमा मानिसहरुले हामीलाई यात्रामा ठेस लाग्छ भनेका थिए । तर हामीले ठेस खाएको मात्रै होइन, लड्यौं नै ।”

सम्पन्न राष्ट्रहरुमध्ये गाँजा भाङलाई कानुनी रुपमा वैध गराउने पहिलो राष्ट्र भएको दुई हप्तापछिनै क्यानडाका सयौं स्टोरहरु गाँजा को उच्च माग पु¥याउन संघर्ष गरिरहेका छन् । यो अवस्था भौतिक र डिजिटल दुवै गाँजा  स्टोरहरुमा रहेको छ । विस्तारै कानुनी रुपमा वैध गाँजा  सकिने अवस्थामा पुगेको छ । 

“क्यानडामा रमाइलो प्रयोजनको लागि पर्याप्त वैध गाँजा छैन ,” सिडि होव इन्स्टीच्युटकी एक नीति विश्लेषक रोसाली वीओन्चले भनिन्, “मैले पहिले आस गरेभन्दा तीव्र गतिमा गाँजा  अभाव भइरहेको छ । हुनत त हाम्रो अध्ययनले जोड दिएर कानुनी मान्यता दिइएको पहिलो वर्ष गाँजा को पूर्ति अभाव हुने देखाएको थियो तर अहिलेको अवस्था अनुमान भन्दा छिटो भइरहेको छ । ”

विओन्चका अनुसार अमेरिकी राज्य कोलोराडोले गाँजा लाई कानुनी मान्यता प्रदान गर्दा त्यहाँ माग अनुरुप पूर्ति पु¥याउनलाई तीन वर्ष लागेको थियो । 

क्युवेक प्रदेशले यो समस्या सम्बोधन गर्नको लागि हप्ताको तीन दिन विक्रि बन्द गर्ने विकल्प प्रस्तुत गरिएको छ । 

रमाइलोको लागि प्रयोग गरिने गाँजा भाङ विक्रिको ठूलो हिस्सा अनलाइन विक्रीले ओगटेको छ । भौतिक खुद्रा पसल नभएको ओन्टारियोमा स्थानीयवासीले गाँजा  किन्नको लागि सरकारले चलाएको वेबसाइटबाट खरिद गर्नु पर्छ । 

कानुनी वैधता प्रदान गरिएको पहिलो २४ घण्टाभित्र ओन्टारियो क्यानाविस स्टोर वेवसाइटमा १ लाख माग दर्ता भएको थियो । तर तीमध्ये थोरैमात्र ग्राहकहरुले आफ्नो माग गरेको गाँजा  प्राप्त गरे । पाउने मध्यले पनि धेरैले आफ्नो माग दुई हप्तापछि मात्र पाएका छन् । केहीले तीनको माग अचानक रद्द भएको बताए । 

विश्वविद्यालयका विद्यार्थी कर्टिस बलरले आफ्नो क्रेडिट कार्डबाट पैसा काटिएको तर माग भने रद्द भएको बताए । 

क्यानडाको केन्द्रीय र प्रान्तीय सरकारले यो अभावको भारी मूल्य चुकाउनुपर्ने भएको छ । सहकर्मी अनिन्द्य सेनसँग मिलेर तयार पारेको एक नीतिपत्रमा विओन्चले सरकारले कालो बजारसँग ८ करोड डलर आय गुमाउने दावी प्रस्तुत गरेकी छिन् । 

यता टोविन र उनको आमाको लागि गाँजा भाङको अभावले तीनले पहिले अनुमान गरेको नाफामूलक व्यापार अहिले घाटामा परिणत भएको छ ।

 “म यसरी निरन्तर घाटामा पसल चलाइरहन सक्दिनँ,” टोविनले भने ।

केहीले भने अहिलेको अभावमा पनि केही सुनौलो घेरा देखेका छन् । उनीहरुले यो चरम अभावले ठूलो संख्यामा प्रयोगकर्ताहरु कालो बजारबाट वैध बजारमा पहिले अनुमान गरिएभन्दा छिटो दरमा स्थानन्तरण भएको देखाउने बताएका छन् ।

तर पूर्तिको समस्या समाधान भएन भने यो स्थानन्तरण उल्टिने खतरा पनि उतिक्कै छ । 

टोविन भने पछिल्लो अभावले ग्राहकहरुलाई वैध बजारबाट भगाइसकेको चिन्ता व्यक्त गर्छन् । नयाँ र पुराना गाँजा प्रयोगकर्ताहरु उनको पसलमा आफूले चाहेको सामाग्री नपाएपछि विरक्त भएर फर्किन्छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप