बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीर र दीपिका अब श्रीमान–श्रीमती !

बुधबार, २८ कात्तिक २०७५, १८ : १७
बुधबार, २८ कात्तिक २०७५

एजेन्सी । बलिउडका चर्चित स्टार जोडि दीपिका पादुकोण र रणवीर सिंह अन्तत विवाह बन्धनमा बाँधिएका छन् । आज इटालीको कोमो ताल छेउमा भएको एक समारोहमा उनीहरुको विवाह सम्पन्न भएको हो ।  
विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए । 

यो सुन्दर जोडीले कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा लगनगाँठो बाँधेका हुन् ।  विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन अत्यन्त गोप्यता अपनाएको यो जोडीले अहिले विवाह सम्पन्न भएको जानकारी भने तत्कालै बाहिर ल्याएको छ । 

यो सुन्दर जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिन्छन् । त्यसयता उनीहरुको एउटा पनि तस्विर बाहिर आएको छैन । 
यहाँसम्मकी विवाहस्थलमा आफ्नो श्रीमानसँग खिचिएको गायिका हर्षद्विप कौरको तस्विर पछि डिलिट गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप